पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएपछि रास्वपामा असन्तुष्टी

विराटनगर ३ मंसिर । पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टी बढेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउयँपालिकाको अध्यक्ष पदमा रास्वपाबाट ग्रामथान ६ का नविककुमार विश्वासले उम्मेदवारी दिएपछि रास्वपामा असन्तुष्टी बढेको रास्वापा मोरङका एक नेताले बताए । ०८१ कात्तिक ३० गते विश्वासले […]

स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि चार सय १० जनाको मनोयनपत्र दर्ता

विराटनगर ३ मंसिर । आगामी मंसिर १६ गते हुनेस्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि चार सय १० जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । […]

ग्रामथानकाे अध्यक्षमा १६ जनाकाे उम्मेदवारी

विराटनगर २ मंसिर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतकाे  कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा […]

उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?

विराटनगर २ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै छ । विहान १० देखि साँझ ५ वजे सम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष सहित ८ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको […]

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना, निर्वाचन भयरहित सम्पन्न गर्न सहयाेग गर्ने दलहरूकाे प्रतिवद्वता

विराटनगर ३० कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माेरङकाे ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत माेरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गर्नुभयाे । ग्रामथान गाउँपालिकाकाे कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । कार्यालय स्थापना पछि मुख्य निर्वाचन […]