विराटनगर १ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा […]
विराटनगर १ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ। साझेदारीसम्बन्धी सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गर्नु भएकाे छ । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम […]
विराटनगर ३१ असोज । विराटनगर–३ गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ । बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको छ । स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने […]
विराटनगर ३१ असाेज । बिगत लामो समयदेखि जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त र हानि तथा नोक्सानीको क्षेत्रमा क्रियाशील अभियन्ता विराटनगरका यूवा अभिषेक श्रेष्ठ कृषि , वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकार पदमा नियुक्त हुनु भएकाे छ । श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणी सचिव सरहको अवैतनिक सल्लाहकारमा नियुक्त हुनु भएकाे हाे । […]
विराटनगर ३१ असोज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट […]