विराटनगर १ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ। साझेदारीसम्बन्धी सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गर्नु भएकाे छ । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम […]
विराटनगर, ३१ असोज । कोशी प्रदेश र मधेश प्रदेशबीच खेलकुद क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि द्विपक्षीय सहकार्य सम्बन्धी समझदारीपत्र (एमओयू) मा आज साँझ हस्ताक्षर भएको छ। कोशी प्रदेश खेलकुद विकास वोर्डद्धारा आज साँझ विराटनगरमा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष र मधेश प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले […]
विराटनगर २४ असोज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धेरैभन्दा धेरै पदक जित्ने लक्ष्यसहित प्रदेशका १४ वटै जिल्लाबाट खेलाडी छनोट थालिएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका अनुसार राष्ट्रिय खेलकुदमा सहभागी […]
विराटनगर २१ असोज । विराटनगरमा २६ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकले प्रतियोगिताको तयारीका बारेमा बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । […]
विराटनगर १९ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर हुने भएको छ । विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो । यससम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच भएको छ । नेपाली […]