सुन्दरहरैँचा २१ असाेज । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षा क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला शिक्षकलाई प्रविधिको ज्ञान र व्यावहारिक सीप प्रदान गर्दै कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशिक्षण आयोजना […]
विराटनगर २१ असाेज । विराटनगर–२ स्थित विराट क्षितिज कलेजले बीएस्सी सीएसआईटी र बीसीएमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शैक्षिक सत्र २०८३ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गरी असोज १७ र १८ गते इलामको कन्यामस्थित जंगल रिसोर्टमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कोटाअन्तर्गत कलेजमा बीएस्सी सीएसआईटीतर्फ ३६ जना […]
विराटनगर १४ असाेज । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गर्नु भएकाे छ । उहाँले यस्ता कलेज सञ्चालन नेपालको संविधानविपरीत रहेको दाबी गर्नुभयाे । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताउनुभयाे। गैरआवासीय नेपाली (एनआरएन) […]
विराटनगर १४ असाेज । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट सेकेण्डरी स्कुल एरिन जङ्ग थापा प्रथम भएका छन्। विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा पोलस्टार स्कूलकी प्रकृति घिमिरे दोस्रो र बीकेभीएम स्कूलका जोसेफ महतो तेस्रो भएका […]
विराटनगर ८ असोज । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने […]