विराटनगर, १८ साउन । विराटनगरको पोखरीया माविमा नियमित पठन–पाठनसँगै स्वास्थ्य उपचार सेवा सुरु गरिएपछि विद्यार्थीहरुको अनुपस्थिति दर घटाएको छ । विद्यालयमै निःशुल्क स्वास्थ्य उपचार हुन थालेपछि छात्राहरुको महिनावारी हुँदा वा स–सानो चोटपटक लागेकै कारण विद्यालयमा अनुपस्थिति हुने, टिफिन समयपछि विभिन्न शारीरिक समस्या देखाएर विद्यार्थी घर जाने क्रम पूर्णरुपमा कमी आएको पोखरीया मावि विराटनगरका प्रधानाध्यापक खेमराज […]
विराटनगर २४ साउन । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानी सेवा शुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रबार सेवाको शुभारम्भ गर्नुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी (क्यूआर) सेवा शुभारम्भ भएको हो । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर सेवको […]
विराटनगर, २४ साउन । आशिर्वाद डेन्टल हस्पिटल विराटनगरले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चालीबाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । उहाँले दन्तपरिक्षण देखि परामर्श सेवा […]
विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि […]
विराटनगर ९ साउन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल भवनकाे शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। हाम्रो देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन […]