विराटनगर २१ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरु नियुक्त गरेको हो । कोशी प्रदेशका १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र २८ निर्वाचन अधिकृतहरुको नामावली । […]
विराटनगर २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरुको आज बसेको बैठलले ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् । क्षेत्रीय कमिटीहरुले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न सकेनन् । क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेका छन् । नेता […]
विराटनगर २० पुस । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यहरु मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुनेछन् । १८ सदस्य मध्ये कोशी प्रदेशका ३ जना छन् । कोशी प्रदेशमा एमालेका दुई सदस्य देवेन्द्र दाहाल (झापा), इन्दिरादेवी गौतम […]
विराटनगर १९ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनु भएको छ । प्रेस सेन्टरले आज संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब […]
विराटनगर १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ बाट एमालेमा तीन नेताहरुले आकांक्षा देखाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सो क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख तथा केन्द्रीय सदस्य दिलिप बगडिया र क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य […]