कोशी प्रदेशका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम शुरु

विराटनगर २७ जेठ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले विद्यालयमा मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ । माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको हो । मतदाता शिक्षा कोशी प्रदेशका १४ वटै जिल्लामा दिईने भएको छ । कार्यक्रम अन्तरगत मोरङको रङ्गेली नगरपालिका १ स्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ९ र कक्षा […]

एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक

विराटनगर २६ जेठ । निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचनबाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेदवारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो । […]

प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता खर्च २६३ रुपैयाँ

विराटनगर ११ जेठ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण,निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । निर्वाचन आयोग, नेपालद्वारा आज विराटनगरमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरुले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका […]

भोलिदेखि मतदाता नामावली संकलन

विराटनगर २१ चैत । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय […]

८५ प्रतिशत उम्मेदवारको जमानत जफत

विराटनगर ६ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिएका तीन हजार ४०५ उम्मेदवारमध्ये दुई हजार ८८७ उम्मेदवारको धरौटी रकम जफत भएको छ । उम्मेदवारी दिएका ८४ दशमलव ७८ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो । चुनावमा प्रतिस्पर्धामा रहेका झन्डै ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ […]