विराटनगर ९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन भएका घटना मध्ये १७ बटा मात्र पूर्ण कार्यान्वयन भएको जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित आयोगबाट भएका सिफारिशहरुको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा आर्थिक वर्ष २०८० को असारमसान्तसम्म प्रदेशमा १७७ मानवअधिकार उल्लंघन भएका घटनामध्ये १७ पूर्ण कार्यान्वयन, ४९ आंशिक कार्यान्वयन […]
विराटनगर ९ जेठ । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा ओपिडी सेवा बन्द गरेका छन् । अस्पतालमा कार्यरत मेडिकलअफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेका […]
विराटनगर ९ जेठ । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । […]
विराटनगर ७ जेठ । मोरङमा ५२ हजार बालबालिकालाई आईपीभी खोप लगाईदै छ । आगामी जेठ १३ गतेदेखि शुरु हुने अभियानमा साढे ५ वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । जेठ २६ गते सम्म चल्ने अभियान अन्र्तगत विद्यालय केन्द्रीत खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । डा. […]
विराटनगर ७ जेठ । मोरङमा विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिन सम्म गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले जेठ १४ , १५ र १६ गते विराटनगरमा विभिन्न कार्यक्रमहरु गरि गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते सरकारी कार्यालय साथै अन्य स्थानमा सरसफाई, १५ गते विहान र्याली, […]