एमाले मोरङ अधिवेशन अपडेट : ८० प्रतिशत मत खस्यो

विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

विहान १० वजेदेखि शुरु भएको मतदानमा अहिले सम्म करिव ८० प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७२५ जनाले मतदान गरेका छन् । मतदानका लागि साँझ ६ सम्म समय थप गरिएको छ । सवा ६ बजे भित्रमा मनदान स्थल भित्र प्रवेश गर्न भनिएको छ ।

नयाँ नेतृत्व चयनका लागि अधिवेशन स्थल विराटनगर स्थित होटल मनास्लु इनमा मतदान जारी छ ।

अधिवेशनमा ९११ जना प्रतिनिधि छन् ।