विराटनगर २४ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए ।
उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो ।
नम्बर ३ वाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए । तर, मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो ।