
विराटनगर २१ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
विहान १० वजेदेखि शुरू मतदानमा अहिलेसम्म १७४ मत खसेकाे निर्वाचन कमिटीले जनाएको छ । एम पटकमा मतदानका लागि २५ बाट हुनेगरि स्थान बनाइएकाे छ ।
नेतृत्व चयनका लागि पदाधिकारी सदस्यहरूमा समूहगत प्रतिष्पर्धा छ ।
संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबा चुनावी मैदानमा छन् ।
निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् । जिल्ला अधिवेशनबाट ७१ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन् ।
अधिवेशनमा ९११ प्रतिनिधि छन् ।