
विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पूर्व निर्धारित समय भन्दा अढाई घण्टा ढिलोगरि अधिवेशन स्थल हाेटल मनास्लु ईनमा मतदान शुरू भएको हो । मतदान दिउँसो ४ वजे सम्म हुने निर्वाचन कमिटीले जनाएको छ ।
मतदान पछि मतपेटिका पार्टी कार्यालय पाञ्चाली लगिने र त्यहीँबाट मतगणना गर्ने तयारी गरिएको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार १ पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारको संख्या धेरै भएका कारण प्रत्येक मतदातालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान गरिएको छ ।
मतदान गर्न जाँदा माेवाईल, पर्स, डटपेन निषेध गरिएकाे छ ।
गत फागुन १७ देखि शुरु भएको अधिवेशनमा ९११ प्रतिनिधि छन् ।