
विराटनगर २० फागुन । विराटनगरमा जारी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
उम्मेदवारी विरुद्ध दावी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन पछि मतदानको कार्यक्रम आज तय गरिएको छ ।
सोमबार साँझ सम्म मनोनयन दर्ता भएकाले मतदानको कार्यक्रम आज हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा हलबाट निर्वाचिन हुने मजदुरको ४ पद र मुस्लिम महिलाको एक पद निर्विरोध भएको छ । भूगोल तर्फ ७ वटा स्थानीय तहमा निर्विरोध भएको छ ।
भूगोल तर्फ ७ वटा स्थानीय तहमा निर्विरोध भएको छ । रंगेलीबाट ९ जना , उर्लाबारीबाट ८ जना , पथरीशनिश्चरेबाट ९ जना , मिक्लाजुङबाट ६ जना , ग्रामथानबाट ४ जना र बुढीगंगाबाट ५ जना निर्विरोध भएका छन् । सुनबर्षीबाट ३ जना खुला र एक यूवामा निर्विरोध भएको छ । महिला २ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
भूगोलतर्फ तीन वटा स्थानीय तहमा आवस्यक पद भन्दा झण्डै तीन गुणा उम्मेदवारी परेको छ । विराटनगरबाट १९ पदका लागि ६५ जनाको उम्मेदवारी परेको छ । बेलबारीबाट ९ पदका लागि २४ जना, सुन्दरहरैचा १३ पदका लागि ३६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा समूहगत प्रतिष्पर्धा हुने भएको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन इतर समूह (विनोद ढकाल) बाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् । पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव निर्वाचित हुने छन् । ५ जना पदाधिकारीका लागि १० जनाको उम्मेदवारी परेको छ ।
सदस्य तर्फ हलबाट निर्वाचित हुने खुल्ला ५ पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । महिला ३ पदका लागि ४, यूवा २ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
आदिवासी जनजातिको खुलाको २ पदका लागि ९ जना, महिला १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ ।
मुस्लिमको खुला २ पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । मस्लिम महिला एक पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको छ । सो पदबाट सहनाज वेगम निर्विरोध भएकी छिन् ।
मधेशीको खुलाको २ पदका लागि ५, महिला तर्फ १ पदका लागि २ जना, मधेशी यूवा सखस्य १ पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्य १ पदका लागि २ जना, दलितको खुला ४ पदका लागि ७ जना, महिला १ पदका लागि ४ जना, दलित यूवा १ पदका लागि २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
मजदुर समूहको ४ पदका लागि चार जनाको मात्रै उम्मेदवारी परेको छ । सो समूहबाट राजु धमला, मनोज मगर, सायदा तबस्युम र सुर्यप्रकाश खवास निर्विरोध भएका छन् ।
अपाङ्गता १ पदका लागि २ जना र पीछडा वर्ग १ पदका लागि २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा ९११ प्रतिनिधि सहभागि छन् ।