
विराटनगर १९ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मनाेनयन दर्ता शुरू भएकाे छ ।
निर्धारित समय भन्दा झन्डै ५ घण्टा ढिलाेगरि निर्वाचन प्रकृया शुरू भएकाे छ ।
१६५ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन कमिटीले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि समूहगत प्रतिष्पर्धा हुने भएकाे छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीले उम्मेदवारी दिने भएका छन् ।
संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा साेमराज थापा, उपसचिवमा उषा झा र सन्ताेष वान्तबाले उम्मेदवारी दिने भएका छन् ।
अधिवेशनमा ९११ प्रतिनिधि छन् ।