
विराटनगर १९ फागुन । नेकपा एमाले माेरङकाे १० औं जिल्ला अधिवेशनमा ५ पदाधिकारी सहित १६० सदस्य पदका लागि आज मनाेनयन दर्ता गरिएको छ ।
निर्वाचन कमिटीले उम्मेदवारकाे नामावली केहीवेर अघि सार्वजनिक गरेकाे छ ।
मंगलबार विहान दावी विराेध, अन्तिम नामावली प्रकाशन र मतदानकाे कार्यक्रम रहेकाे प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयाे ।
फागुन १७ देखि शुरू अधिवेशनमा ९११ प्रतिनिधि सहभागी छन् ।