संविधान संशोधनलाई प्रभावकारी बनाईन्छ : उपसभापति गुरुङ

विराटनगर २७ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान गठबन्धनले संविधान संशोधनलाई प्रभावकारी बनाउन तर्फ लाग्ने बताउनु भएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ कोशी प्रदेशको दुई दिने प्रथम अधिवेशनको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले नेकां र एमाले वीच भएको सात बुँदे सम्झौतामा संविधान संशोधनलाई कामयावी बनाउने उल्लेख भएकोले नआत्तिन आग्रह समेत गर्नु भयो […]

विराटनगरमा हुने प्रेस चौतारी राष्ट्रिय महाधिवेशनको तयारी शुरु

विराटनगर २७ पुस । विराटनगरमा हुने प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको तयारी शुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ आगामी फागुन २५–२७ सम्म हुने राष्ट्रिय महाधिवेशन तयारीका लागि शुक्रबार विराटनगरमा तयारी बैठक गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको […]

नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको अध्यक्षमा सम्शेर निर्वाचित

विराटनगर २७ पुस । नेकपा एमालकोे भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न अधिवेशनले मो. सम्शेर (समीर) को अध्यक्षमा सर्वसम्मत महानगर कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सहवाज हुसेन, सचिवमा जाफर अलि, सहसचिवमा रोसनी खातुन र सहजादा हुसेन निर्वाचित हुनु भएको […]

काेशीका सभामुख विष्टद्वारा मुख्यमन्त्री कार्कीलाई अन्तर-व्यवस्थापिका मञ्चको सातबुँदे घोषणापत्र हस्तान्तरण

विराटनगर २६ पुस। कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउनु भएकाे छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले मुख्यमन्त्रीलाई बुझाएको घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको […]

राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी अध्यक्षमा पुजा भट्टराई निर्वाचित

विराटनगर २६ पुस । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराईलाई चयन गरिएको छ । इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो । नगर कमिटीको उपाध्यक्षमा समीक्षा लिम्वु, सचिवमा निशा पौडेल, सहसचिवमा चन्द्रा थापा, कोषाध्यक्षमा जिना श्रेष्ठ, सदस्यहरुमा कल्पना पौडेल, संगीता श्रेष्ठ, एलिना […]