मोरङ २ मा रास्वपाका प्रतिनिधिको मृत्यु

विराटनगर २२ फागुन । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ।

उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए ।

उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको एसपी कट्टुवालले बताए ।