विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङमा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ । क्षेत्र नंं ५ मा सवै भन्दा बढी ७१ द्यशमलव २८ र सवै भन्दा कम मोरङ १ मा ६० दशलमव ३६ प्रतिशत मतदान भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुशार विहान ७ वजेदेखि साँझ ५ वजे सम्ममा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ । ७ लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा ५ लाख ५ हजार ५१४ जनाले मतदान गरेका हुन । जसमा महिला २ लाख ६२ हजार १९६ र पुरुष २ लाख ४३ हजार ३१६ जनाले मतदान गरेका छन् ।
प्रशासन कार्यालयका अनुशार मोरङ क्षेत्र नं. १ मा ६० दशमलव ३६ , २ मा ६२ दशमलव ९७ , ३ मा ६१ दशमलव १७, ४ मा ६७ दशमलव १५ , ५ मा ७१ दशमलव २८ र ६ मा ६६ दशमलव २३ प्रतिशत मतदान भएको छ ।
मतगणनाका लागि अहिले मतपेटिका ओसारिदै छ । आजै रातदेखि मतगणना शुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले बताउनुभयो ।