विराटनगर २१ फागुन । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ । केही केन्द्रमा मतदान जारी रहेको आएका छन । छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।’
मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने बताउनुभयो । १५ जिल्लाको विभिन्न ६१ ठाउँमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन हुने बताउनुभयो ।