
विराटनगर, १८ भदौ । गत जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा १३ जिल्लाका २९ हजार २४० पशु संक्रमित हुन पुगेका छन् ।
‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या एक हजार ६६ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई÷गोरु एक हजार ५९ र भैसी/राँगा सात वटा रहेका छन् ।
लामो समय सम्म प्रदेश भित्रका १० वटा जिल्लामा मात्र सिमित रहेको यो महामारी अहिले प्रदेश भित्रको सोलुखुम्बु बाहेक अन्य १३ वटा जिल्लामा देखापरेको निर्देशनालयका निर्देशक डा सुशील अधिकारीले बताउनुभयो । उक्त रोगबाट सबै २८ हजार ९३९ गाई/गोरु तथा भने ३०१ वटा भैसी/ राँगा सङ्क्रमित भएकाछन् । ‘लम्पी स्किन’को महामारीबाट सबै भन्दा बढी झापामा १५ हजार ३४६ वटा पशु सङ्क्रमित भएकाछन् । जसमा १५ हजार ३४४ गाई/गोरु र दुई वटा भैसी सङ्क्रमित भएका छन् ।
झापा पछि मोरङ, इलाम र सुनसरी बढी पशुहरु सङ्क्रमित भएकाछन् । निर्देशनालयका अनुसार मोरङमा छ हजार ३८ गाई/गोरु र ३१ वटा भैसी/रागा, इलाममा दुई हजार ५५९ गाई/गोरु, सुनसरीमा दुइ हजार ४४८ गाई/गोरु र ४० वटा भैसी/रागा सङ्कक्रमति भएको निदेशनालयले जनाएको छ ।
त्यस्तै अहिलेसमम उदयपुरमा एम हजार एक हजार १८३, खोटाङमा ७६४, भोजपुरमा ४०८ वटा ताप्लेजुङमा ११३ वटा, पाचथरमा २७, धनकुटामा १७१ वटा तेह्रथुम २४ वटा ओखलढुङ्गामा २९ वटा र सखुवासभामा ५९ वटा पशु सङ्क्रमित भएका छन् । कोशी प्रदेशको सोलुखम्बुमा अहिलेसम्म यस रोगको सङक्रमण देखापरेको छैन ।
त्यसैगरी अहिलेसम्म उक्त रोगबाट झापामा सबै भन्दा बढी ४५७ वटा पशुको मृत्यू भएको छ । झापा पछि मोरङमा ३०५ वटा, इलाममा ९६ वटा र सुनसरीमा ९५ वटा पशुको मृत्यू भएको छ । त्यस्तै ताप्लेजुङमा चार, धुनकुटामा पाँच, भोजपुरमा तीन, सखुवासभामा दुई र खोटाङमा ११ उदयपुरमा ८७, ओखलढुङ्गामा एक पशुको मृत्य भएको छ । सङक्रमण देखा परेर पनि अहिलेसम्म पाँचथर र तेह्रथुम कुनै पनि पशुको मृत्यू भएको छैन ।
रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख ७८ हजार ८३९ गाईगोरु र राँगाभैंसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले बताउनुभयो ।
अहिलेसमम सङ्क्रमित भएका मध्ये २६ हजार ५७१ पशु निको भइसकेको जनाइएको छ । गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिने र यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाईबाट एकबाट अर्कोमा सर्ने पशु चिकित्सक साहको भनाइ छ ।
‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौं’ पशु चिकित्सक साहले भन्नुभयो । प्रत्येक पालिकास्तरबाट पनि भ्याक्सिन र औषधि वितरण भइरहेको समेत उहाँले बताउनुभयो ।