कोशी प्रदेश : विपद्जन्य घटनामा ७४ जनाको मृत्यु, ९५ घाइते

विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् ।

यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ ।
पानीमा डुवेर २३ जना, बाढीले बगाएर पाँच जना, पहिरोले पुरिएर एक जना, चट्याङ् लागेर दुइ जना, आगलागीबाट दुई जना र जङ्गली जनवारको आक्रमणबाट एक जनाको मृत्यू भएको छ ।
बाढीले बगाएर झापामा एक जना, पाँचथरमा दुई, ताप्लेजुङमा एक र तेह्रथुममा एक जनाको मृत्यू भएको छ । पहिरोले पुरिएर इलामा एक जनाको मृत्यू भएको छ भने चटङ्या लागेर खोटाङ र ओखलढुङ्गामा एक/एक जनाको मृत्यू भएको छ ।

जङ्गली जनवारको आक्रमणबाट झापामा एक जना मृत्यू भएको छ । करेन्ट लागेर मोरङमा नौ जना, सुनसरीमा चार , झापामा छ , इलाममा एक, धनकुटामा एक,सङखवा सभामा एक, भोजपुरमा एक, खोटाङमा एक, ओखलढुङ्गामा दुइ र उदयपुरमा तीन जनाको मृत्यू भएको मन्त्रालयको महाशाखाले जनाएको छ । सर्पदङशबाट मोरङमा चार, सुनसरीमा चार, झपाम, भोजपुर र उदयपुरमा एक÷ एक जनाको मृत्यू भएको छ ।

पानीमा डुबेर मोरङमा चार, सुनसरीमा छ, झापामा पाँच, पाँचथरमा एक, सङ्खुवासभा एक र खोटाङमा दुई जनाको मृत्य भएको छ । आगलागिबाट मोरङ र सुनसरीमा एक÷ एक जनाको मृत्यु भएको बताइएको छ ।

सोही अवधिमा विपद्जन्य घटनामा परी कोशी प्रदेशमा ९५ जना घाइेते भएका छन् । जसमा पहिरोले पुरिएर एक, चट्याङ लागेर १८ जना, जङ्गली जनवारको आक्रमणमा परी दुई जना, सर्पदङ्शबाट ६७ जना,पानीमा डुबेर दुई जना र आगलागीबाट पाँच जना घाइते भएका छन् । त्यसैगरी सोही अवधि बाढीले वगाएर दुई जना वेपत्त भएका छन् भने चट्याङ लागे ३१ चौपाएको मृत्यू भएको छ । त्यस्तै जङ्गली जनवारको आक्रमणमा कारण ५५, हावाहुरीबाट ४८ , पानीले डुवाएर ६४ वटा घरमा क्षति पुगेको बताइएको छ ।