बजेट खर्चमा कोशी प्रदेश उत्कृष्ट, मधेश प्रदेश कमजोर

विराटनगर २७ माघ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत बजेट खर्च गरेको छ । संघीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार बजेट खर्च गर्ने प्रदेश सरकारहरु मध्ये कोशी प्रदेश उत्कृष्ट देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा समग्र प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएपनि प्रदेशगत रुपमा कोशी […]

सुनसरीको धरानमा धर्मप्रचारमा आएका १७ अमेरिकी अध्यागमनको अनुसन्धानपछि स्वदेश फिर्ता

विराटनगर २७ माघ । सुनसरीको धरानमा धर्मप्रचारमा आएका १७ अमेरिकी अध्यागमनको अनुसन्धानपछि स्वदेश फिर्ता भएका छन् । पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् । सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, […]

असल नागरिक निर्माणमा स्काउटकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल नागरिक निर्माण गरी राष्ट्रसेवामा समर्पित हुने कार्य गरिरहेको बताउनु भएको छ । कोशी प्रदेशस्तरिय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफनो भुमिका निर्वाह गरिरहेको विचार राख्नु भयो । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का […]

मोरङ केराबारीका वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई हाजिर गर्न रोक

विराटनगर २५ माघ । मोरङ केराबारी गाउँपालिका ३ का वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई कार्यालयमा हाजिर गर्न रोक लगाईएको छ । गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई काम काजमा रोक लगाइएको हो । उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपंक्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि […]

औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउँछ : मुख्यमन्त्री कार्की

विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन गर्दै उहाँले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको कुरामा जोड दिनुभयो । […]