एमालेले महाधिवेशन प्रतिनिधि मंसिर १५ गते चयन गर्ने, महाधिवेशन काठमाण्डौंमा हुने

विराटनगर १५ कात्तिक । नेकपा एमालेले मंसिर १५ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ ।

गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन । एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको बताउनुभयो । महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुनेछन ।

सचिवालय बैठकले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । यसअघि पोखरामा हुने तय भएको महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।