तीन सांसद निलम्वित, एक फरार

विराटनगर १ जेठ । टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ कांग्रेस नेता मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको संख्या ३ पुगेको छ भने एक जना फरार छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा […]

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

विराटनगर ३१ वैशाख । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वाेच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो । याम बहादुर लिम्बु समेत ८ […]

लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्व : गृहमन्त्री लेखक

विराटनगर, ३१ वैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा सञ्चार क्षेत्रको निकै ठूलो महत्व रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष भनेको प्रेस स्वतन्त्रता हो र यो जीवन्छ हुनु पर्छ भत्रुभयो । उहाँले सञ्चारकर्मीहरुको सुविधा एवं पारिश्रमिकका निम्ति नीतिगत व्यवस्था गर्न सम्बन्धित मन्त्रालयका […]

कोशी प्रदेशस्तरीय सुरक्षा बैठक विराटनगरमा सुरु

विराटनगर ३१ वैशाख । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल एसियाटिकमा शुरु बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् । बैठकमा जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री […]

आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर ३० वैशाख । नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गर्नुभएको हो । विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत […]