विराटनगर १२ कात्तिक । कोशी प्रदेशका मन्त्रीहरु हेरफेर हुने भएका छन् ।
मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन र सार्वजनिक रुपमा प्रश्न उठेका मन्त्रीहरु परिवर्तन गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो ।
आज प्रेस चौतारी मोरङले आयोजना गरेको संवाद कार्यक्रममा नेता राईले सत्तासाझेदार नेपाली कांग्रेससँग छलफल गरि मन्त्रीहरु परिवर्तनको काम अघि बढ्ने बताउनुभयो । एमाले र कांग्रेसवीच छलफल पछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरु परिवर्तनको काम अघि बढाउने उहाँको भनाई छ ।
नेता राईले भन्नुभयो,‘ विभिन्न मन्त्रीहरुका बारेमा सार्वजनिक रुपमा प्रश्न उठेको छ । उहाँहरुलाई फिर्ता बोलाउनका लागि हामीले भनेका छौं ।’