आज छठ पर्व

विराटनगर १० कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार सुरु […]

हिमाली र पहाडी क्षेत्रका सवै विद्यालयमा सूचना प्रविधियुक्त पूर्वाधार निर्माण गरिने : मुख्यमन्त्री कार्की

विराटनगर ९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गर्नुभएको छ । आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नुभएको हो । खेतान फाउन्डेसनले […]

मोरङ लेटाङकी १३ बर्षीया गौतमको शव बीभत्स अवस्थामा फेला

विराटनगर ८ असोज । मोरङ लेटाङ २ स्कुल चोककी १३ बर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला छ । २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित […]

सोलुखुम्बुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाईते

विराटनगर ७ कात्तिक । सोलुखुम्बुमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ […]

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

विराटनगर ६ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने […]