विराटनगर १६ कात्तिक । मिटरव्याज विरुद्ध आज विराटनगरमा प्रर्दशन गरिएको छ ।
मिटर व्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडीबाट शुरु गरेको प्रर्दशन जिल्ला अदालत, कोशी अस्पताल हुँदै पुन : जिल्ला प्रशासन कार्यालय अगाडी आएर धर्ना दिएका थिए ।
वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल र श्रमिक फोर्स नेपालले आयोजना गरेको संयुक्त विरोध प्रर्दशनमा लघुवित्त पीडितको प्रतिवेदन विना शर्त कार्यान्व्यन गर्न माग गरिएको संघर्ष समितिका संयोजक घनश्याम चौधरीले जानकारी दिनुभयो ।
१३ बुँदे माग सहित गरिएको धर्ना कार्यक्रममा जेनजी आन्दोलनका मागहरु पुरा गर्नु पर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थथतत्रको व्यवस्था गर्नुपर्ने, जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने लगायत रहेको संयोजक चौधरीले बताउनुभयो ।
माग पुरा नभएसम्म संघर्षका कार्यक्रम जारी रहेने उहाँले बताउनुभयो ।