अपाङ्गता सहायता कक्ष हस्तान्तरण गरिदै, बैठक कक्ष बनाउने मन्त्रालयको तयारीप्रति अपाङ्ग महासंघको विरोध

विराटनगर १७ कात्तिक । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय परिसरमा निर्माण गरिएको अपाङ्गता सहायता कक्ष आज हस्तान्तरण गरिदैछ ।

अपाङ्गता पुर्नस्थापनाको क्षेत्रमा कार्यरत संस्था करणा फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष सामाजिक विकास मन्त्रालयलाई आज हस्तान्तरण गर्ने भएको हो ।

पहुँचयुक्त शौचालय सहितको अपाङ्गता हेल्प डेक्सको प्रयोग अर्कौ प्रयोजनका लागि मन्त्रालयले गर्ने तयारी गरेपछि अपाङ्ग महासंघले विरोध जनाएको छ ।

अपाङ्गता सहायता कक्षमा मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेको प्रति महासंघले विरोध जनाएको हो ।

अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्गेले अपाङ्गता सहायता कक्षलाई मन्त्रालयको बैठक कक्ष बनाउने तयारी गरेको प्रति आफुहरुको आपत्ती रहेको उहाँले बनाउनुभयो । उहाँले भन्नुभयो,‘ जुन प्रयोजनका लागि भवन निर्माण गरिएको हो सोही अनुशारको प्रयोग हुनुपर्छ ।

टेण्डर अपाङ्गता सहायता कक्ष निर्माण गर्ने भनेर गर्ने अहिले आएर मन्त्रालयको बैठक कक्ष बनाउने भनिएको छ । त्यो सरासर गलत छ । हाम्रो यसमा आपत्ती छ । ’

करुणा फाउन्डेसन नेपालका निर्देशक योगेन्द्र गिरीले करुणा फाउन्डेसनको सहयोगमा मन्त्रालय परिसरमा अपाङ्गता सहायता कक्ष निर्माण गरिएको बताउनुभयो । उहाँका अनुशार सहायता कक्षमा मन्त्रालयले अहिले बैठक कक्ष बनाउँ भनेर आग्रह गरेको छ । उहाँले भन्नुभयो,‘ मन्त्री ज्यूले बैठक कक्ष साघुँरो भएको छ । अपाङ्गता सहायता कक्षलाई मन्त्रालयको बैठक कक्ष बनाउनका लागि आग्रह गर्नु भएको छ ।’