विराटनगर १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न चेतावनी दिनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै […]
विराटनगर १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]
विराटनगर १६ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी विराटनगरका विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित हुनु भएको हो । खतिवडाले ५१२ मत प्राप्त गर्नुभएको छ भने ढकालले ४३० मत ल्याउनुभयो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ […]
विराटनगर १३ असोज । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराउनु भएको हो । एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य शिवमाया तुम्बाहाङ्फेले अध्यक्ष पदका लागि खतिवडा र ढकालको […]
विराटनगर १२ असोज । कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आव्हान भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान भएको हो मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम असोज […]