विराटनगर, १८ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ । पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा […]
विराटनगर, १८ फागुन । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । आज दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । […]
विराटनगर १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोशी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन । नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई दिउँसो १ बजे सम्मको […]
विराटनगर १६ फागुन । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित […]
विराटनगर १६ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भएको छ । आज शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको हो । दुई साताअघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग […]