एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित : ओली

विराटनगर १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेरबहादुर पटक–पटक प्रधनमन्त्री भए पनि केही नगरेको बताउनु भएको छ । उहाँले उनीहरु प्रधानमन्त्री मात्रै भएको तर जनताका लागि केही नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयोे, ‘उहाँहरुले महिलाका लागि केही गर्नु भो? शिक्षामा केही गर्नु भो ? उहाँ हरुले केही गर्नु भएन ।’ […]

विराटनगर १२ द्धारा २५० बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण

विराटनगर १२ असोज । विराटनगर महानगरपालिका १२ आज २५० भन्दा बढी बालबालिकाको निःशूल्क स्वास्थ्य परीक्षण गरेको छ । बखरी स्वास्थ्य चौकीमा १ दिने एकीकृत बाल स्वास्थ्य शिविर कार्यक्रम राखेर स्थानीय बालबालिकाको कुपोषण परीक्षण गरिएको हो । परीक्षणका क्रममा मात्र दुईजनामा कुपोषणको लक्षण देखा परेको छ । कोशी अस्पतालका बालरोग बिशेषज्ञ डाक्टरहरुले बालबालिकामा कुपोषण भए/नभएको परीक्षण […]

एमाले कोशी प्रदेशको तयारी पुरा, भोली अध्यक्ष ओलीले उद्घाटन गर्ने

विराटनगर ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । अध्यक्ष केपी शर्मा ओलीले भोली अधिवेशन उद्घाटन कार्यक्रम छ । विराटनगरस्थित होटल मनास्लुमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश […]

कोशी प्रदेशमा भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय

विराटनगर ११ असोज । कोशी प्रदेश सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न […]

प्रचण्ड बोलिको ठेगान नभएको नेता : नारायणमान विजुक्छे

विराटनगर ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलिको ठेगान नभएको नेता भएको बताउनु भएको छ । पदका लागि दाहाल जे गर्न पनि तयार हुने नेता भएको उहाँको भनाई छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्त अनुसार चल्न नसकेको बताउनुभयो । उहाँले […]