विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै […]
विराटनगर २४ असोज । चाड पर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ । चाड पर्वमा बसपार्कमा हुने भीडभाडलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (क)ले संयुक्त रुपमा नागरिक सहायता कक्षको सुरुआत गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहाल र वडा […]
विराटनगर २२ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार गठनमा एमालेको दावी नरहने बताउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ मा एमालेको दावी नरहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभामा रहेका दलहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताउनुभयो । दलहरुबीच सहमति बन्न नसक्दा प्रदेशमा फरक सन्देश गएको उहाँको भनाई छ । […]
विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]
विराटनगर २१ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दशैं, तिहार र छठलाई लक्ष्य […]