विराटनगर २४ असोज । चाड पर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ ।
चाड पर्वमा बसपार्कमा हुने भीडभाडलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (क)ले संयुक्त रुपमा नागरिक सहायता कक्षको सुरुआत गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहाल र वडा प्रहरी कार्यालयका डिएसपी विजयी श्रेष्ठले नागरिक सहायता कक्षको उद्घाटन संयुक्त रुपमा गरेका हुन् । उद्घटान गर्दै उनीहरुले भीडभाडमा यात्रुहरुलाई पर्ने समस्या तथा यात्रुहरुलाई सहज र सजिलो तवरबाट बसको यात्रा गरेर आआफ्नो गन्तव्य पुग्न सकुन भनेर नागरिक सहायता कक्ष स्थापन गरेको बताए ।
अन्य समयमा पनि बसपार्क तथा बस बिसौनीमा प्रहरीले यात्रुहरुको समस्या सुन्ने र समाधान गर्ने गरेको भए पनि चाड पर्वमा अझ सहज होस् भनेर सहायता कक्ष स्थापन गर्नुपरेको डिएसपी दाहालले बताए । उनले चाड पर्वमा हुन सक्ने यात्रुको चाप र भीडभाडलाई मध्यनर गरेर कसरी उहाँहरुको सुरक्षित यात्रामा योग्दान पुर्याउन सकिन्छ विशेष अभियानका साथ सहायता कक्ष स्थापन गरिएको हो । डिएसपी दाहालले विकसित मुलुकमाभन्दा कम विकसित मुलुकमा दुर्घटनाको दर धेरै छ ।
दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीलेभन्दा पनि स्वयम् सवारी चालकमा पनि भर पर्छ । दुर्घटनाबाट दिनहुँ मृत्यु हुनेको संख्या बढ्दो रहेको छ । त्यही भएर पनि ट्राफिक प्रहरीहरुले दुर्घटना न्युनीकरणका लागि सडक सुशासन, नियमपालना गराउन अभियान चलाएका छन् । सावरी चालकले आफ्नो सावरीको अवस्था जाँच गर्ने, सवारी चलाउँदा ध्यान अन्यत्र नगर्ने, बाटो काट्दा यात्रुहरुले पनि ध्यान दिइने गर्दा दुर्घटनामा कमी हुन सक्न्ने भएकाले सडक प्रयोग गर्ने सबै पक्ष जिम्मेवार हुनु जरुरी रहेको डिएसपी दाहालले बताए ।
विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई ध्यान दिँदै मोरङले ट्राफिक प्रहरीले विभिन्न सरोकारवालासँग समन्वय गरेर सहायता कक्ष सञ्चालन ल्याइएको बताइएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयलगायत जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली गरी ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालमा आएको छ ।