फोन कलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर ३० असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताउनु भएको छ । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिनुभयो । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयोे,“प्रहरीले आफ्ना […]

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस : मुख्यमन्त्री कार्की

विराटनगर २९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताउनुभयो । कार्कीले भन्नुभयोे,“अब स्थायी सरकार बनेको छ । तपाइँहरु ढुक्क भए काम […]

कोशीमा मध्यावधि रोक्न कांग्रेस विद्रोहलाई समर्थन गर्यौं : एमाले अध्यक्ष ओली

विराटनगर २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनु भएको छ । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताउनुभयो । आफूहरु जोसुकैलाई […]

कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो : मुख्यमन्त्री कार्की

विराटनगर २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले राजनीतिक संकट समाधान भएको बताउनु भएको छ । कोशी प्रदेशसभा विघटन होला की भन्ने चिन्ता हटेको बताउनुभयो । मुख्यमन्त्रीको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको राजनीतिक संकट समाधानसँगै प्रदेशमा देखिएका सामाजिक सांस्कृतिक चुनौतिहरुलाई समाधान गर्दै लगिने उहाँले […]

कोशी प्रदेश : ६ वर्षमा ६ मुख्यमन्त्री

विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम […]