दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको : मुख्यमन्त्री कार्की

विराटनगर २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताउनु भएको छ । नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छौठो संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाई वहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोडको घटनाप्रति […]

कोशी अस्पताल विराटनगरमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

विराटनगर २६ वैशाख । कोशी अस्पताल विराटनगरमा एक जना महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । […]

उद्योग संगठन, मोरङ व्यापार संघ र उद्योग वाणिज्य महासंघ कोशीले राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गर्ने

विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]

हुलाकी राजमार्ग अन्तरगत मोरङ खण्डमा रोकीएको निर्माण कार्य वैशाख २८ गतेदेखि पुनः शुरु हुने

विराटनगर २५ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्र्तगत मोरङ खण्डमा रोकीएको निर्माण कार्य पुनः वैशाख २८ गतेदेखि शुरु गर्ने ठकेदारहरुले आज प्रतिवद्धता व्यक्त्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर क्षेत्रमा गुणस्तरीय निर्माण गरि पुनः जेठ ७ गते समीक्षा बैठक […]

‘वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ’ : मुख्यमन्त्री कार्की

विराटनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट […]