कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो : मुख्यमन्त्री कार्की

विराटनगर २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले राजनीतिक संकट समाधान भएको बताउनु भएको छ ।

कोशी प्रदेशसभा विघटन होला की भन्ने चिन्ता हटेको बताउनुभयो । मुख्यमन्त्रीको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको राजनीतिक संकट समाधानसँगै प्रदेशमा देखिएका सामाजिक सांस्कृतिक चुनौतिहरुलाई समाधान गर्दै लगिने उहाँले बताउनुभयो ।

प्रदेशमा देखिएको सामाजिक सास्कृतिक चुनौतिहरुलाई वार्ता, सहमति मार्फत मार्फत समाधान गरिने उहाँले बताउनुभयो । प्रदेशको भौतिक विकाससँगै मानव विकासमा पनि ध्यान दिईने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सपथ ग्रहणपछि निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दका नेता हिक्मतकुमार कार्कीले सर्वदलिय सरकारको संभावना कायमै रहेको बताउनुभयो । उहाँले सर्वदलिय सरकार के लागि भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशमा देखिएको सामाजिक–सास्कृतिक भड्काउन कार्य विरुद्ध एमाले र कांग्रेसवीच सहकार्य हुन आवस्यक रहेको निवर्तमान मुख्यमन्त्री कार्कीले बताउनुभयो । मुलकका मुख्य साँझेदारहरु मिलेर जाने प्रकृया विरुद्ध खुईल्याउने कार्य हुने भन्दै एमाले र कांग्रेस सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेपाली कांग्र्रेसका कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीमा दावी गर्नुभएका उहाँलाई एमालेले समर्थ गरेको थियो ।