दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

विराटनगर २१ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ  । दशैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ । दशैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रम सरह मानेर वितरण गर्दै आएको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग