मुख्यमन्त्री कार्कीले असोज २० गते विश्वासको मत लिने

विराटनगर १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने हुनु भएको छ ।

प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताईएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । संविधान अनुसार उनले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्छ ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको मत आवश्यक पर्छ ।