प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न अध्यक्ष ओलीको चेतावनी

विराटनगर १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न चेतावनी दिनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताउनुभयो । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरुलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको बताउनुभयो । उहाँले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरु नर्तसिने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभयो । उहाँले राष्ट्र हीत, विकासका प्रयासहरु, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताका विषयहरुमा एकजुट हुनुपर्ने बताउनुभयो । त्यस्तै राजनीतिक उपलब्धिहरु र संविधानको रक्षा गर्न पनि सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष ओलीले परराष्ट्र नीतिको सम्बन्धमा राष्ट्रिय दृष्टिकोण बनाएर स्थायित्व दिनुपर्ने बताउनुभयो ।