विराटनगर १२ असोज । कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आव्हान भएको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान भएको हो मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम असोज १७ गत बुधबार दिनको १ः०० बजे कोशी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालिन मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो ।