चम्पादेवीको पराजयप्रति सत्ता गठबन्धनको ध्यानाकर्षण

विराटनगर १२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सत्ता गठबन्धनका एक उम्मेदवार पराजय भएकोप्रति सत्ता गठबन्धनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रदेश समन्वय समितिले आज विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीको पराजयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईको हो । प्रदेश समन्वय समितिले गठबन्धनको निर्णय […]

वन्यजन्तु संरक्षण विभागले भन्यो–मोरङको उर्लाबारीमा हिँउ चितुवा भेटिनु अस्वभाविक

विराटनगर १२ माघ । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बुधबार उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ । पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा […]

एमालेबाट निर्वाचित कोइराला भन्नुहुन्छ,‘नागरिकता माग्नु भयो, राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन रहेछ ’

विराटनगर ११ माघ । एमालेमा लामो समयदेखि क्रियाशिल सुनसरी इटहरीकी रुक्मिणी कोइराला विहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित एक मात्र उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभाका रिक्त १९ सिटमा एमालेले १९ जनानै उम्मेदवार उठाएको थियो । कोशीमा राप्रपासँग गठबन्धन गरेपछि एमालेबाट अन्य तर्फ उम्मेदवारी दिएका पर्शुराम अधिकारीलाई व्याक गरिएको थियो । ७ वटै प्रदेशमा […]

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका सिटौला, एमालेकी कोइराला निर्वाचित

विराटनगर ११ माघ । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनु भएको छ । अन्य तर्फ सत्ता गठबन्धनका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका उद्धव पौडेललाई पराजित गर्नु भएको थियो । महिला तर्फ सत्ता गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार एमालेकी कोइरालाले पराजित गर्नुभएको थियो । […]

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा मतदान जारी

विराटनगर ११ माघ । राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । बिहीबार बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान सुरु भएको हो । महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीले पहिलो मतदान गरेका थिए । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका १९ […]