विराटनगरलाई आर्थिक राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध : एमाले नेता घिमिरे

विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरु चलायमान हुने घिमिरेले बताउनुभयो । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य […]

एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

विराटनगर, १९ कात्तिक । नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्र आज विराटनगरमा सार्वजनिक गरिएको हो । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको […]

एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक हुँदै

विराटनगर, १८ कात्तिक । नेकपा (एमाले) प्रदेश एकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र तयारी गरेको छ । तयारी समितिका सचिव यज्ञप्रसाद शर्माका अनुसार सो प्रतिवद्धतापत्रको तयारी अन्तिम चरण पुगेको र कात्तिक १९ गते शनिवार सार्वजनिक हुँदैछ । पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आउन लागेको प्रदेश प्रदेशस्तरीय प्रतिवद्धतापत्र […]

डा.शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

विराटनगर १८ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन […]

आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने एमालेको संकल्प

विराटनगर, १५ कात्तिक । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता र्पुयाउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन । […]