राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा : मुख्यमन्त्री कार्की

विराटनगर १७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा हुनु भएको बताउनु भएको छ । नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा बुधबार साँझ विराटनगरमा आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उहाँले स्व.दली मुलुकमा एकतन्त्रीय शासन […]

घाटा बजेटले थुप्रिदैं बक्यौता, नयाँ कार्यक्रम नै प्रभावित

चीना थापा विराटनगर- विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०-८१ मा ४ अर्ब ४७ करोड आठ लाख ४९ हजार आय व्ययसहितको बजेट ल्यायो । यो विवरण सार्वजनिक गर्दासम्म विराटनगर महानगरपालिकाको बजेट घाटा एक अर्ब बढी थियो । आन्तरिक ऋण लिने उद्देश्यले ठूलो आकारमा ल्याईएको बजेटको असर अहिलेसम्म परिरहेको छ । आर्थिक बर्ष २०७९-८० को निर्माणको मात्र […]

आ.व. २०८१–०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

विराटनगर १५ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१–८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ […]

नीति तथा कार्यक्रम रोकिदैन : मुख्यमन्त्री कार्की

विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ । नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि […]

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने

विराटनगर, १५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]