नीति तथा कार्यक्रम रोकिदैन : मुख्यमन्त्री कार्की

विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ ।

नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

बैठकपछि दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो ।

नेपाली कांग्रेसले हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । रिट दायरपछि प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।

कोशी प्रदेश सभाको अर्काे बैठक जेठ २१ मा बोलाइएको छ ।