नेताहरूलाई गाडी सुविधा दिन ल्याईएको अध्यादेशप्रति डा. कोइरालाको असन्तुष्टि

विराटनगर १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ । मुलुकको अर्थतन्त्र चरम संकटमा परेको अवस्थामा सांसदहरुलाई सेवा सुविधा थपगर्ने कुराले नेपाली कांग्रेसका साथीहरुलाई पिडावोध गराएको उहाको भनाई थियो । समुदायमा कांग्रेस अभियानको विराटनगरमा […]

चोरी नियन्त्रण गर्न कडा कानुन आवश्यक छ : डीआईजी खापुङ

विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा […]

कोशी प्रदेश सरकार स्वेच्छाचारी र निरंकुश ढंगले चलेको एमालेको टिप्पणी

विराटनगर १५ माघ । कोशी प्रदेश सरकारको मनोमानीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले प्रदेश संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै कानुनका मान्य सिद्धान्तविपरीत स्वेच्छाचारी र निरंकुश ढंगले सरकार चलिरहेको टिप्पणी गर्नुभयोे । एमालेले संसदीय दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै औपचारिक धारणा सार्वजनिक गरेर सरकारको मनोमानीपूर्ण […]

कोशीमा सत्ता गठबन्धनलाई गाडी सुविधा दिन अध्यादेश मार्फत ऐन संशोधन

विराटनगर १४ माघ । सत्ता गठबन्धनका संसदीय दलका नेता र सचेतकहरूलाई गाडी सुविधा दिनकालागि कोशी प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेको छ । प्रदेश सभामा रहेका सत्ता गठबन्धनका संसदीय दलका नेता र सचेतकहरूलाई गाडी सुविधा नभएपछि सुविधा उपलब्ध गराउन मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको परिश्रमिक […]

मुख्यमन्त्री कार्कीद्वारा गोर्खा ब्रिगेडलाई पूर्व ब्रिटिस गोर्खाको समस्या समाधान गर्न ध्यानाकर्षण

विराटनगर १४ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो । उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा […]