विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताउनु भएको छ । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उहाँले बताउनुभयो । विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनु भएको हो ।
विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवद्र्धनमा थप जिम्मेवार बनाउने उहाँको भनाई छ । वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘ वातावरण संरक्षणको महत्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उहाँले आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठूलो योगदान पुर्याउन सक्छ ।’ कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।