एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । २०४८ को निर्वाचनबाट संसदीय यात्रा सुरु गरेदेखि संसद, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बन्न सफल भएका हुन । स्थायी कमिटी सदस्य पण्डितसँग घरदैलोका क्रममा विराटनगर १२ मा गरिएको कुराकानीको सारसंक्षेप : चुनावी अभियान कसरी चलिरहेको छ । […]
विराटनगर १ मंसिर । मोरङको कटहरीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार रहेका अमनलाल मोदी र भीम पराजुलीलाई प्रश्न गर्नेलाई कुटपीट गरिएको छ । बुधबार कटहरी ३ चम्राहीस्थित मदरसामा आयोजित चुनावी सभामा उमेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई कार्यकर्ताहरुले कुटपिट गरेका हुन । प्रतिनिधिसभा उमेदवार अमनलाल १० वर्ष सांसद भएर के के विकास […]
विराटनगर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन । निर्वाचनपछि गठबन्धनको काम सकिने उहाँको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयोे,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको दाबी […]
विराटनगर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनु भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गर्नु भयो । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् […]
विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको […]