विराटनगर २० मंसिर । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ । शवको पहिचान […]
विराटनगर १८ मंसिर । ग्रीनल्याण्ड कलेज विराटनगरका ९ सय विद्यार्थीले विभिन्न विधामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएका छन् । २०७१ सालदेखि उच्च माध्यमिक शिक्षाको पठन पाठन शुरु गरेको कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । यस वर्षको एमवीवीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमै सवैभन्दा बढी ८ […]
विराटनगर १८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै […]
विराटनगर १८ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गर्नुभएको हो । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]
विराटनगर १५ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । त्यस्तै, […]