विराटनगर ३२ जेठ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्युु भएको छ ।
फक्तालुङ गाउँपालिकम २ खेजेनिममा शुक्रबार विहानको राति करिब २ बजे आएको पहिरोले पालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर बगाउँदा चार जनाको मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार पालिका उपाध्यक्ष रविनको बुबा आमा र दुई भाइबहिनीको मृत्यु भएको हो । उनका अनुसार घरमा सुतिरहेका बेला राति पहिरो आएको थियो ।
प्रहरीका अनुसार ७१ वर्षीय रामबहादुर साम्रा लिम्बू, उनको श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुनाको मृत्युु भएको हो ।