दादुरा–रुवेलाको खोप अभियान आजदेखि : कोशी प्रदेशमा ८ लाख ९३ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य

विराटनगर १३ फागुन । कोशी प्रदेशमा आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिदै छ । आजदेखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रदेश स्तरिय अभियानको शुभारम्भ विराटनगर रानी स्थित जनविकास माविबाट […]

गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री

विराटनगर १२ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनु भएकोछ । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो,‘ यो नेपाली कांग्रेसलाई सोध्नुस् ।’ प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग […]

अरनिको स्कुलले जित्यो अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर १३ फागुन । विराटनगरमा आज सम्पन्न अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको स्कुलले जितेको छ । वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिको स्कुलले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । १ सय ८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । […]

नेकपा एससँग पार्टी एकता नगर्ने एमाले अध्यक्ष ओलीको अडान

विराटनगर १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने अडान दोहोर्याउनु भएको छ । एमाले मूख्यालयमा आज विभिन्न पार्टी परित्याग गरी आएका नेता–कार्यकर्तालाई स्वागत गर्ने क्रममा अध्यक्ष ओलीले माधव नेपालतर्फ इंगित गर्दै दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चाताप नगर्ने र पार्टी फोर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताउनुभयो […]

मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप लगाइने, अभियानको शुभारम्भ जहदाबाट गरिने

विराटनगर १० फागुन । मोरङमा आगामी फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान संञ्चालन वारे जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरुको वैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाईने बताईएको हो । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका […]