मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि साहद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

विराटनगर, २४ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिका–१३ का फिरोजकुमार साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा लिएर उहाँले निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउनु भएको […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगर, २४ साउन । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने […]

प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व कार्यक्रम

विराटनगर, २४ साउन । प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व ‘ शी लिड्स’ कार्यक्रम सञ्चालन भएको छ । झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङका ३९ स्थानीय तहका ७३० महिला जनप्रतिनिधिको नेतृत्व विकासमा परियोजनाले सघाउ पुर्याउँदै आएको छ । जनप्रतिनिधि महिलाहरुलाई आफ्नो अधिकार तथा कामको बारेमा पनि जानकारी नहुने र त्यसले गर्दा योजना छनौट […]

९३४ जनामा कोरोना पुष्टि, ५६८६ सक्रिय संक्रमित

विराटनगर, २३ साउन । पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन । यो सँगै देशभर निको हुनेको […]

राजधानीका सम्बन्धमा कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउने सम्बन्धमा कसैसित सम्झौता नहुने बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे । स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति […]