ट्रक दुर्घटनामा सुनसरी बर्जु १ का ५ जनाकाे मृत्यु

विराटनगर १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज […]

विकल्पको सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक

विराटनगर १ माघ । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई- रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ। बुधबार विराटनगरमा एक कार्यक्रम गर्दै विकल्पले सिटी सफारीको सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषयमा केन्द्रित रहेर अनुसन्धान पत्र सार्वजनिक गरेको हो। अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समिर […]

बाल संसारमा स्पाेर्टस् मिट

विराटनगर ३० पुस । विराटनगर ५ चाँदनी चाेक स्थित बाल संसार इङलिस बाेर्डिङ स्कुलमा सप्ताहब्यापी स्पाेर्टस् मिट सम्पन्न भएकाे छ । गत पुस २४ गतेदेखि विद्यालय प्राङ्गणमा आयोजित बार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएकाे प्रिन्सिपल खड्ग राईले जानकारी दिनुभयाे । खेलकुद कार्यक्रममा विद्यार्थीहरूले टेवलटेनिस, ब्याडमिन्टन, स्पुनरेश, २ सय मिटर दाैड, डज वल, म्युजिक चेयर, चकलेट […]

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

विराटनगर २९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष बिक्रमराज सुवेदीले गत आर्थिक […]

फागुन २१ को निर्वाचन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

विराटनगर २९ पुस । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको  छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वाेच्च अदालत पुगेर निर्वाचन कार्यतालिका र माघ ६ गतेदेखि सुरु हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ता लगायतका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका […]